नियम ५३
सूचना जारी गर्ने कार्यविधि
ऐनको दफा ८२ बमोजिम भन्सार कार्यालयको काम कारबाहीस“ग सरोकार भएको वा हुनसक्ने व्यक्तिका नाममा सूचना जारी गर्दा बाटाको म्यादबाहेक पन्ध्र दिनको म्याद दिई नियम ५२ को उपनियम (२), (३), (४), (५), (६) र (७) बमोजिम जारी गर्नु पर्नेछ ।
तर यस नियम बमोजिम जारी भएको सूचनाका सम्बन्धमा नियम ५२ को उपनियम (८) लागू हुने छैन ।